नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । 

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति भएको हो ।

नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गरेका हुन् ।

परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारी पत्रमा उल्लेख गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

समझादरी पत्रमा वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।

मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिँदै त्यसका लागि लगानी र प्राविधिक सहयोगका लागि आग्रह गरे । 
 
अष्ट्रियाका मन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग, लगानी र सहकार्य गर्न ईच्छुक रहेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?