पूर्ण चुनावी नतिजा नआउँदै ओलीले दिए मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् । 

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’

ताजा अवस्थामा भारतपाले ३ सय ४२ सिटमा अग्रता बनाएको छ भने कांग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?