भारतमा फेरी मोदी सरकार

एजेन्सी । गत आइतवार सम्पन्न भारतीय लोकसभा चुनावको मतगणना आउने क्रम जारी छ । 

भारतीय सञ्चारमाध्यमहरुको अनुसार चुनावको सबै मत परिणामा साँझसम्म आइसक्ने सम्भावना  । 

भारतमा चैत २३ गतेदेखि शुरु भएको निर्वाच नगत आइतवार सम्पन्न भएको थियो । कुल ५ सय ४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । 

मतगणनाका आधारमा वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै विजयी हुने सम्भावना देखिएको छ । 

उता भाजपा नेतृत्वको ‘एनडीए’  गठबन्धनले सहजै ३ सयभन्दा बढी सिट ल्याउने देखिएको छ । 

हालसम्मको मतगणनामा छत्तीसगढमा ११ सिटमध्य ९ सिटमा भाजपाको अग्रता पाएको छ भने राजस्थानको २५ सिटमध्य १ बाहेक सबै सिटमा भाजपा नै अगाडि छ । 

विहारमा पनि भाजपाले अग्रता लिएको छ । भाजपाले त्यहाँको मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल–युनाइटेड) सँग गठबन्धन गरेको थियो । 

हाल आएर यो गठबन्धनले अग्रता लिएको हो । विहारबाट केन्द्रीय संसदमा ४० जना प्रतिनिधि छानिन्छन् । ती मध्य ३८ सांसद भाजपा र जनता दल(युनाइटेड)को गठबन्धनबाट छानिने छन्  
उता भारतको राजधानी दिल्लीमा पनि भाजपाको जित हासिल गर्ने लगभग पक्का देखिएको छ । 

दिल्लीमा ७ मध्य ७ वटै सिटमा भाजपाको जित हासिल गर्ने देखिएको हो । 

उत्तर–पूर्वी राज्यमा पनि भाजपा नै अघि देखिएको छ । अरुणाञ्चलका दुई मध्य दुवै सिटमा, उत्तर पूर्वको सबैभन्दा ठूलो संसदीय राज्य आसामका १४ मध्य १० मा ,त्रिपुराको दुवै संसदीय सिटमा भाजपाले अगाडी छ । 

दक्षिण राज्यमा भने कंग्रेसको अग्रता देखिएको छ । केरलाको २० सिटमा १८ मा कंग्रेस अघि बढिरहेको छ । त्यहाँ बाँकी २ सिटमा कम्युनिष्ट पार्टी अघि छ । 

दक्षिणी राज्यमा भाजपाले २४ स्थानमा अघि देखिएको छ । कुल २८ सिटमा २४ स्थानमा भाजपा अघि छ । 

पञ्जावमा कांग्रेसले अघि छ । त्यहाँका कुल १३ सिटमा ९ मा कांग्रेस अघि छ । ३ सिटमा भाजपा अघि छ । 

आन्द्र प्रदेशमा भने क्षेत्रिय पार्टीले बलियो पकड कायम गरेको छ । त्यहाँको २५ सिटमा २४ सिटमा क्षेत्रिय पार्टी वाईएसआर कांग्रेस पार्टीले अग्रता हासिल गरेको छ । 

तेलगंना राज्यमा पनि क्षेत्रिय दल ‘तेलंगाना राष्ट्र समिति’ले ९ स्थानमा अग्रता लिएको छ । भाजपा र कंग्रेस क्रमशः ४ र ३ सिटमा अघि छन् । 

समग्रमा भाजपा एक्लै २ सय ७४ सिटमा अगाडि छ भने उसको नेतृत्वमा रहेको एनडीए गठबन्धन ३ सय २२ स्थानमा अगाडि छ । 

यो भारतमा सरकार बनाउन आवश्यक २ सय ७२ सिटभन्दा सजहै धेरै हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?