श्रोत नखुलेको ३१ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौं । श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित काठमाडौं महानगरपालिका ३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् । 

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा १४ च ८९५९ नम्बरको  गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?