सिभिल बैंकको संस्थापक लिलामी भर्ने बिहीवार अन्तिम दिन

काठमाडौं । सिभिल बैंकको संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्ने आज ‘बिहीवार’ अन्तिम दिन रहेको छ । 

बैंकले बैशाख २६ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको १७ लाख ५३ हजार ५ सय ९४ कित्ता संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्ने बिहीवार अन्तिम दिन हो । 

इच्छुक व्यक्ति तथा संस्थाले बैंकको उक्त लिलामीमा न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँका दरले २ लाख कित्ताका लागिका लागि आवेदन दिनुपर्ने छ। बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछ ।

बैंकको संस्थापक शेयर अन्तिम पटक १ सय १६ रुपैयाँमा कारोबार भएको थियो । यसअघि बैंकको लिलामीमा बेचेको २७ लाख कित्ता संस्थापक शेयर कर्मचारी सञ्चयकोषले खरिद गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?