भाजपाको बहुमत सुनिश्चित, अहिलेसम्म कसको कति सिट ?

नयाँ दिल्ली–भारतीय लोक सभाको निर्वाचनको बिहीबार राती अबेरसम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा १७९ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ३९ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य १६९ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ४८ स्थानमा अग्रता रहेको छ ।
यस्तै बहुजन समाज पार्टी र समाजवादी पार्टीको गठबन्धनले ८ स्थानमा जित र ८ स्थानमै अग्रता बनाएको छ ।

इन्डिया त्रिनामुल कङ्ग्रेसले ८ स्थानमा विजयी बनेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

यर्सगरी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी्र) ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?