प्रवीण र घम मलेसिया प्रस्थान

काठमाडौं । मलेसियामा हुने आइटिएफ अन्तर्राष्ट्रिय अम्पायर कोर्समा सहभागी हुने जाने दुई सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

मलेसियाको सरावाकस्थित कुचिङमा मे २४ देखि २६ सम्म हुने अन्तर्राष्ट्रिय अम्पायर कोर्सका लागि नेपाल आइटिएफ महासंघका रेफ्री चेयरम्यान प्रविणकुमार कार्की र सदस्य घमबहादुर थापामगर त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनीहरूलाई एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्ट र आइटिएफ महासंघका उपाध्यक्षद्वय अन्जुनाथ श्रेष्ठ र विजय श्रेष्ठलगायतले बिदाई गरेका थिए ।

प्रवीण र घमले आइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष एवं अम्पायर कमिटीका अध्यक्ष ग्रान्डमास्टर लियोन वाई मेङसँग कोर्स लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?