तेश्रो दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौं । दीलिप स्मृति प्रतिष्ठानको आयोजनामा तेश्रो दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता आज ‘शुक्रवार’ देखि हुने भएको छ ।

प्रतियोगितामा २ सय ८० खेलाडीले १९ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकका प्रमुख राजेन्द्र खत्रीले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?