एन्टोनियो कोन्टे इन्टर मिलानको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले एन्टोनियो कोन्टेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । 

इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक कोन्टेलाई इन्टर मिलानले क्लबको मुख्य प्रशिक्षकमा आवद्ध गरेको हो । चेल्सीमा रहँदा उनको नेतृत्वमा चेल्सीले दुई पटक प्रिमियर लिग फुटबलको उपाधि जितेको थियो ।

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान लिगको चौथो स्थानमा छ । मिलानले आइतवार इम्पोलीसँग खेल खेल्दैछ । यदि इम्पोलीलाई पराजित गरेको खण्डमा इन्टर मिलान अर्को सिजनको ‘युइएफए’ च्याम्पियन्स लिगको लागि छनोट हुनेछ ।

कोन्टेले चेल्सीमा आवद्ध हुनु अगाडि युभेन्ट्सलाई तीन पटकको उपाधि जिताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?