भारतीय जनताको मनमा मोदी, ५ वर्षसम्मको लागि कार्यकाल सुनिश्चित

नयाँदिल्ली । कुल ५ सय ४३ सिटका लागि ७ चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको ५ सय १५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने २७ क्षेत्रको गणना भइरहेको छ । 

चुनावको नतिजा सार्वजनिक भएसँगै प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले थप ५ वर्ष कार्यकाल सुनिश्चित गरेका छन् । 

चुनावको नतिजा सार्वजनिक भइरहँदा भारतीय जनता पार्टीले ३ सय ९३ सिटमा विजयी भएको छ । 

साथै १० क्षेमा भाजपाको अग्रता कायमै छ । 

यस्तै भारतीय राष्ट्रिय कांग्रेसले ५१ सिटमा विजयी भएको छ भने १ क्षेत्रमा अग्रता गरिरहेको छ । 

भाजपा नेतृत्वको राष्ट्रिय लाकतात्रिक गठबन्धनले मात्र ३ सय ३९ सिटमा जित हासिल गरेको छ । साथै ९ क्षेत्रमा अगाडि देखिएको छ । 

विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशिल गठबन्धनले ९४ जित हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता लिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?