वाइडबडी खरिद प्रकरण : वसन्तपुरको डबलीमा सार्वजनिक सुनुवाई हुने

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानबारे भोलि शनिवार (जेठ ११ गते) स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाई हुने भएको छ । 

भोलि ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे सार्वजनिक सुनुवाई गर्न लागेको हो । 

बिहीवार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानर्की डा. सुरेन्द्र भण्डारीले सो जानकारी दिएका हुन् । 

उनले वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरिद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन डबलीमा सार्वजनिक सुनुवाई गर्न लागेको बताए । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुनेछ ।

वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउँदै संयोजक सुकदेव भट्टराईले भ्रष्टाचारले मुलुकलाई विकास र समृद्धि हुनबाट बाधा पु-याउने खतरा औँल्याएका छन् ।

त्यस्तै अभियानका अर्का सदस्य डा. ठाकुरमोहन श्रेष्ठले वाइडबडी खरिदबारे भएको अनियमितताको सत्यतथ्य बाहिर ल्याएरै छाड्ने बताएका छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?