एक लाख ५० हजार घुससहित नापी सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । नापी कार्यालय साँखुका नापी सर्वेक्षक र लेखापढी व्यवसायी १ लाख ५० हजार घुसहित पक्राउ गरेका छन् । 

बिहीवार अख्तियार दुरुपयो अनुसन्धान कायोगको आर्यालय टंगालबाट खटेका टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सी रहेका छन् । 

उनीहरुले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयो अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । 

न्यौपाने र केसीले सेवाग्राहीसँग १ लाख ५० हजार घुसवापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित बिहीवार नापी कार्यालय परिसरबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?