नेपाल बंगलादेश बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन

काठमाडौं । नेपाल बंगलादेश बैंकले ऋणपत्र निष्काशन गरेको छ । 

बैंकले आज ‘शुक्रवार’ २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले शुक्रवारदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमार्फत एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट ‘एनबिबि डिबेञ्चर २०८५’ निष्काशनमा ल्याएको हो।

नेपाल बंगलादेश बैंकको निष्काशित ऋणपत्र २ अर्बको २० लाख कित्ता मध्ये ६० प्रतिशत ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरेको हो। 

दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १० दशमलब २५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्र मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था रतिनको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन दिन सक्नेछन् । ऋणपत्र न्युनतम एक हजार अंकित दरमा २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आबेदन दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?