चलचित्र ‘कप्स’को अफिसियल पोष्टर सार्वजनिक

काठमाडौं । सम्राट सापकोटाद्वारा निर्देशित चलचित्र ‘कप्स’को अफिसियल पोष्टर सार्वजनिक भएकोछ  । 

चलचित्र यही जेठ १७ गतेबाट प्रदर्शनमा आउँदै छ । 

चलचित्रको सार्वजनिक २ पोष्टरमा मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरी लगायतका कलाकारलाई स्थान दिइएको छ ।

सत्य सेवा सुरक्षणमको नारा दिइएको चलचित्रले नेपाल प्रहरी, पोलिटिक्स, पत्रकार र पब्लीकको कथामा तयार पारिएको निर्देशक सापकोटाले बताए । 

निर्देशक सापकोटाको यो डेव्यु निर्देशकिय चलचित्र हो । 

‘कप्स’ मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । 

एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?