भारतमा कम्युनिष्ट पत्ता साफ

नयाँदिल्ली । भारतको कम्युनिष्ट घटकले लोकसभा निर्वाचनमा हालसम्मकै न्यून सिट हासिल गरेका छन् । 

एक समयको गढ पश्चिम बंग्लामा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरीमा कम्युनिष्टको सिट उसको कुल सिट ५ रहेको छ । 

हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो । सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जिते । 

त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् । 

सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए । 

हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ । 

कम्युनिष्टका केही महत्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौथो आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?