विजेश्वरी र पारामाउन्ट चन्द्रागिरी उपमेयर कप भलिबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । विजेश्वरी ज्ञान मन्दिर र पारामाउन्ट इंग्लिस स्कुल जारी दोस्रो चन्द्रागिरी उपमेयर कप खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज ‘शुक्रवार’ पहिलो क्वाटरफाइनल खेलमा विजेश्वरीले न्यु डायमन्डको ‘बी’ टिमलाई २५–१९ र २५–१० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको स्थान तय गरेको हो । अब फाइनल प्रवेशको लागि विजेश्वरीले न्यु डायमन्डको ‘ए’ टिम प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै शुक्रवार नै भएको अर्को क्वाटरफाइनल खेलमा पारामाउन्टले ज्ञमानसुधा एकेडेमीलाई २५–१० र २५–९ को सोझो सेटमा हरायो । पारामाउन्टले सेमिफाइनलमा उपाधिको दावेदार थ्री स्टार एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?