इटहरीमा पत्रकारमाथि दुर्व्यवहार : मेयर लोपार्ने, उपमेयर माफी माग्ने

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमहानगरपालिकाकी उपप्रमुखले माफी मागेकी छिन् । 

शुक्रवार विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले माफी मागेकी हुन् । 

उक्त घटना परिस्थितिजन्य भन्दै भटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा चोक पुगेको भए क्षमायाचना गर्ने उपप्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार जगतप्रति इटहरी उपमहानगरको कुनै पूर्वाग्रह छैन, उपमहानगर प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ ।’ गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आगामी दिनमा सञ्चार जगत र उपमहानगरको सम्बन्ध अझ प्रगाढ बन्दै जाने अपेक्षा लिएको छु ।’

कार्यबाहक नगरप्रमुख समेत रहेकी गौतमले इटहरीका मेयर चौधरीले बुधवार अन्तर्वार्ताका क्रममा एक पत्रकारलाई लोपारेर  दुर्व्यवहार गरेको प्रति आपत्ति जनाएकी थिइन् । 

एक कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा प्रश्न सोध्दा उनी आक्रोशित हुँदै पत्रकारको मुखमा लोपारेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?