एक बच्चाको खोपमा राज्यको ३० हजार लगानी

राज्यले बालबालिकालाई स्वस्थ राख्न ११ रोगविरुद्धका खोप अनिवार्य गरेको छ । यी खोपको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । बच्चा जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक गरेर लगाइसक्नुपर्ने यी खोपका लागि राज्यले प्रतिबच्चा ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार एउटा बच्चालाई दिइने खोप सरकारले ४५ सय रुपैयाँमा खरिद गर्छ । तर, त्यसको प्रयोग अवधिभर हुने व्यवस्थापनको खर्च जोड्दा राज्यको लगानी ३० हजार हुन आउँछ । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?