गुजरातको एक ट्युसन सेन्टरमा आगलागी : २० विद्यार्थीको मृत्यु, २० गम्भीर

काठमाडौं । भारतको गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा आगलागी हुँदाा कम्तीमा २० विद्यार्थीको मृत्यु भएको छ भने २० विद्यार्थी गम्भीर भएका छन् । 

विद्यार्थीहरुले खचाखच भरिएको एक ट्युसन सेन्छरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । 

ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । घाइते विद्याथीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको सरकारी अधिकारहिरुले बताएका छन् । 

भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको थियो । एक्कासि आगो फैलिएपछि केही विद्यार्थीहरु त्यसमै जलेका थिए । 

सो आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए ।

आगोमा जलेर तथा हामफालर धेरै विद्यार्थीले ज्यान गुमाएका सुरतका स्थानीय सरकारी अधिकारी दीपक सप्तलीले एएफपीसँग भनेका छन् ।

तर, आगो कारणले लागेको हो स्पष्ट भइसकेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?