कार्यकर्तामा घमण्ड पलाए भारतको वामपन्थी जस्तो हालत हुन्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो कार्यकर्तालाई घमण्ड नगर्न निर्देशन दिएका छन् । 

शुक्रवार नेपालगञ्जमा नेकपाका १ सय ५५ सदस्यीय जिल्ला कमिटिलाई पद तथा गोपनीयताको सपथ गराउँदै नेता नेपालले सो कुरा बताएका हुन् 

आफ्नो पार्टीले प्राप्त गरेको उपलब्धिहरुलाई जोगाइ राख्न निर्देशन दिँदै कार्यकर्तामा घमण्ड पलाएमा भारतको वामपन्थी आन्दोलनको हालत हुने बताए ।

भारतमा भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी शक्तीले एउटा पनि सिट ल्याउन सकेन, वामपन्थी आन्दोलन कसरी ध्वस्त हुन्छ भन्ने कुराको पाठ भारतबाटै सिक्ने उनले भने । 

‘नेता, कार्यकर्तामा घमण्ड, लोभ लालच, राज्य शक्तिको दुरुपयोग र आलोचना सुन्न नसक्ने प्रवृत्ती बढ्दै गए कम्युनिष्ट आन्दोलन सकिन समय लाग्दैन’ नेता नेपालले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?