अछाममा आगलागी : वडाअध्यक्षको घरसहित ७ घर जलेर नष्ट

अछाम । अछाममा आगलागी हुँदा वडा अध्यक्षको घरसहित ७ घर जलेर नष्ट भएको छ । 

शुक्रवार साँझ आएको हावाहुरीका कारण जिल्लाको ढकारी गाउँपालिका ५ बलातामा ७ घर जलेर नष्ट भएको हो । 

वडा नम्बर ४ अध्यक्ष भक्तबहादुर बुढा, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढालगायतका घर जलेका छन् । 

आगलागीबाट ठूलो धनजनको क्षति भएको स्थानीयले बताए । 

वडाध्यक्ष घरमा आगलागी भएपछि बाँधिएका बाख्रा र गाई पनि जलेर मरेका छन् ।

वडाध्यक्ष बुढाका अनुसार खेतमा गहुँको नल पोल्न बालिएको आगो हावाले उडाएपछि आगलागी भएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?