भारतीय प्रधानमन्त्री मोदीले दिए आफ्नो पदबाट राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनले पुनः प्रधानमन्त्री बन्न पदबाट राजीनामा दिएका हुन् । मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन् ।

कुल ५ सय ४२ सिट क्षेत्रमा भएको चुनावमो मतगणना हिजो सकिए छ । 

चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३ सय ३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता मे ३० अर्थात् जेठ १६ गते प्रधानमन्त्री मोदीको  शपथ ग्रहण राजपथमा हुने कार्यक्रम छ । 

राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ।

केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । 

नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’कामचलाउ सरकार’का रुपमा काम गर्नेछ । 

शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै मोदी आफ्नी आफ्नी आमालाई भेट्न जाने बताइएको छ । 

यसैगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीस्थित राजपथ जाने भएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?