क्रिकेट सङ्घमा सिंह सर्वसम्मत

महोत्तरी । महोत्तरी जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा रोशनकुमार सिंह सर्वसम्मत निर्वाचित भएका छन् ।

जलेश्वरमा सङ्घको आज भएको विशेष साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पदमा सिंह सर्वसम्मत निर्वाचित भएका हुन् । 

त्यस्तै सङ्घको उपाध्यक्षमा राजीवकुमार झा, कोषाध्यक्षमा सुनिलकुमार साह र सचिवमा दीपेन्द्रकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा त्रिपितकुमार झा, सचिन मण्डल, लक्ष्मी मण्डल, अजय ठाकुर र राहुलप्रताप सिंह पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

क्यानका केन्द्रीय प्रतिनिधि रामेश्वर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न विशेष साधारणसभा एवं अधिवेशनले अध्यक्षसहित नौ सदस्यीय जिल्ला क्रिकेट सङ्घ निर्वाचित गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?