प्रेस स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन् : गोविन्द आचार्य

काठमाडौं । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई नेपाल पत्रकार महासंघको नेतृत्वमा ल्याउँद प्रेस स्वतन्त्रता धरापमा पर्ने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने बताउँदै अध्यक्ष आचार्यले भने, ‘त्यस्ता पात्रहरु, अभिव्यक्ति स्वतन्त्रताका विरोधीहरु पत्रकार महासंघको नेतृत्वमा आए भने पत्रकार महासंघ कस्तो होला ?’

शनिवार नयाँ वानेश्वरमा सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष आचार्यले सो कुरा बताएका हुन् । 

उनले भने, ‘अहिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा जो–जो लाग्दैनन् र विरोध गर्छन्, तिनलाई पत्रकार महासंघमा आगामी दिनमा कुनै पनि नेतृत्वमा ल्याउनुहुँदैन ।’

सरकारले गत वैशाख २६ गते संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने बताउँदै अध्यक्ष आचार्यले भने, ‘ प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन् । केही समय बाधा व्यवधानहरु आउलान् । तर, हार्ने आन्दोलन, हार्ने इस्यु हामीले उठाएकै छैन । हामी जित्छौं । जसले यस्ता खालका कानूनहरु ल्याउँछन्, तिनीहरु चाहिँ हार्छन् । इतिहासले यही भन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?