कठिन अवस्थामा अवतरण, सैनिक विमान ध्वस्त

एजेन्सी । अफगानिस्तानमा अमेरिकी सैनिकको एक हेलिकोप्टर कठिन अवस्थामा अवतरण गर्दा ध्वस्त भएको छ । यस हेलिकोप्टरमा सवार रहेका यात्रु र चालकदलका सदस्य घाइते भएका अमेरिकी सेनाका अधिकारीहरुले जानकारी दिएका छन । 

हेलमान्ड प्रान्तमा एक मिसनमा गएको ‘सिएच–४७ चिनूल’ अमेरिकी हेलिकोप्टर यात्रुहरुलाई अवरतरण गराउन क्रममा कठिन अवस्था आइपरेको अमेरिकी सैन्यबलका प्रवक्ता कर्नेल डेभिड बुट्लरले बताएका छन् । 

बुट्लरका अनुसार हेलिकोप्टर अवतरणको क्रममा पूर्ण रुपमा ध्वस्त भएको थियो  ।  यस हेलिकोप्टरमा सवार रहेका अमेरिकी र अफगान सेना घाइते भएका र हाल अवस्था स्थिर रहेको सुधारको आशा गरिएको बुट्लरले एएफपी समाचार समितिलाई बताएका छन् । 

यस घटनाका कुनै शुत्रको आक्रमण नभएको पनि उनले बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?