आइतवार देशभरका अदालत बन्द हुने

काठमाडौं । भोलि (आइतवार) देशभरका अदालत बन्द हुने भएको छ । 

पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको बिहीवार निधनको शोकमा सर्वोच्च अदालतले देशभरका अदालत बन्द हुने जानकारी दिएको हो । 

खत्रीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीवार राति ९९ वर्षको उमेरमा निधन भएको थियो । 

उनको अन्त्येष्टि शनिवार बिहान पशुपति आर्यघाटमा गरिएको हो । 

खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए । 

नेपालको छैठौं पटक प्रधानन्यायाधीश बनेका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए । 

पूर्व प्रधानन्यायाधीश खत्री २०४३ सालमा नेपालका लागि चीनको राजदुत समेत बनेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?