तिम्सिना र योकोबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का उपाध्यक्ष पिताम्बर तिम्सिनाले जापान स्पोर्ट्स एजेन्सीकी डाइरेक्टर योको फुजीसँग जापानको टोकियोमा भेटवार्ता गरेका छन् । 

भेटका दौरान फुजीले टोकियो ओलम्पिकमा नेपालको सहभागिता बारे चासो व्यक्त गर्दै ओलम्पिकमा नेपालको सहभागिताका विषयमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उपाध्यक्ष तिम्सिनाले जानकारी गराए ।

जापान बसाइका क्रममा उपाध्यक्ष तिम्सिनाले फुजीलाई नेपालको भ्रमणका निमन्त्रणा दिदै जापान बेसबल र सुमोका अध्यक्षसँग पनि भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?