क्योकुसिन कानमा मल्ल

काठमाडौं । नेपाल क्योकुसिन कान कराँते संघको साधारण सभाले विनय मल्लको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा दिनेश कार्की र धनबहादुर तामाङ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्रप्रसाद ढुंगेल र कोषाध्यक्षमा कृष्णराज गिरी रहेका छन् । सदस्यमा सुशील कार्की, सुनिता थापा, सुदन लुइटेल, रामकृष्ण थापा, विदुर ढुंगाना, कविन शाक्य र किशोर डंगोल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?