थापाद्वारा खेल सामग्री सहयोग

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष सुन्दर थापाले ओखलढुंगाका खेलाडीका लागि खेलकुद सामग्री सहयोग गरेका छन् ।

ओखलढुंगाको हिलेपानीमा सञ्चालित १० दिने एड्भान्स ट्याकल फुटबल ट्रेनिङका लागि खेलकुद सामग्री सहयोग गरेका हुन् ।

हिलेपानी फुटबल क्लब, नयाँ नेपाल सरोकार समाजको आयोजनामा सञ्चालन भएको ट्रेनिङका लागि पूर्व फुटबलर थापाले ९० थान खेल पोसाक र १० थान फुटबल प्रदान गरेका हुन् । राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाको अग्रसरतामा आफ्नै नाममा स्थापित फुटबल मैदानमा ट्रेनिङ सञ्चालन गरेका थिए ।

ट्रेनिङमा महिला र पुरुष गरी ९० जना खेलाडी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?