कोपा डेल रे फुटबल : बार्सिलोनालाई स्तब्ध पार्दै भ्यालेन्सियाले जित्यो उपाधि

एजेन्सी । भ्यालेन्सियाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

शनिवार राति सम्पन्न भएको फाइनल खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । खेलको २१ औँ मिनेटमा भ्यालेन्सियाका लागि केभिन गेमिरोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३३ औँ मिनेटमा रोड्रिगोले दोस्रो गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा एक मात्र सान्त्वना गोल फर्कायो ।

खेलको ७३ औँ मिनेटमा बार्सिलोनाका लागि लियोनल मेस्सी गोल गरेपनि त्यो जितको लागि प्रयाप्त हुन सकेन ।

यसअघि भएको खेलमा इंग्लिस क्लब लिभरपुलसँग पराजित भएपछि बार्सिलोना अर्को सिजनको ‘युयएफए’ च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?