सुनको भाउ तोलामा ५९ हजार ७ सय

काठमाडौं । नेपाली बजारमा आज ‘आइतवार’ सुनको भाउ तोलामा ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन  तोलामा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी तोलामा ७ सय १० मा कारोबार भइरहेको छ । 

साताको कारोबारको अन्तिम दिन शुक्रवार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?