अभ्यास खेलमा अष्ट्रेलिया विजयी, इंग्ल्याण्ड स्तब्ध

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको तयारीमा रहेको अष्ट्रेलियाले अभ्यास खेलमा इंग्ल्याण्डलाई पराजित गरेको छ । 

शनिवार राति सम्पन्न भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको हो । 

२ सय ९८ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इंग्ल्यान्डको पारी ४९ दशमलब ३ ओभरमा मात्र २ सय ८५ रनमा समेटिएको थियो । इंग्ल्याण्डका लागि जेम्स भिन्सले ६४ रन, कप्तान जोस बुटलरले ५२ रन तथा क्रिस वोक्सले ४० रन जोडे । अष्ट्रेलियाका जासन बेहरन्डोर्फ र केन रिचार्डसनले समान २–२ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९७ रनको योगफल तयार पारेको थियो ।  अष्ट्रेलियाका लागि लागि स्टेभन स्मिथले शतकीय पारी खेले ।  

उनले १ सय २ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै १सय १६ रन बनाए ।

त्यस्तै, डेभिड वार्नरले ४३ रन, उस्मान खवाजाले ३१ तथा साउन मार्स र एलेक्स क्यारेयले समान ३०–३० रन बनाएका थिए । यता बलिङतर्फ इंग्ल्यान्डका लियाम प्लुन्केटले चार विकेट लिएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?