शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो दिन आज ‘आइतवार’ शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलब ९३ बिन्दुले घटेर एक हजार ३०२  दशमलब ६१ अङ्कमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २  दशमलब ८२ अङ्कले घटेर २७७  दशमलब ५६ मा ओर्लिएको छ ।

एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज ‘आइतवार’ कारोवार रकममा समेत गिरावट आएको छ । कूल १ सय ६५ कम्पनीको २० लाख ५४ हजार २ सय ८६ कित्ता शेयर ६२ करोड ६२ लाख एक हजार ६ सय ६६ मूल्यमा खरीद बिक्री भए । 

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज ‘आइतवार’ सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ९  दशमलब ६, होटल ३२  दशमलब ३६, विकास बैंक १४  दशमलब ६५, जलविद्युत् ३०  दशमलब ७१, वित्त ५  दशमलब ३८, निर्जीवन बीमा ३५  दशमलब ०८, उत्पादन ०  दशमलब ७६, अन्य ११  दशमलब ७१, लघुवित्त ५  दशमलब १५, जीवन बीमा ३८  दशमलब ०१, सामूहिक लगानी कोष ०  दशमलब ०२ अङ्कले घटेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको चार करोड ८५ लाख ६२ हजार ५ सय ६८, शिवम् सिमेन्ट चार करोड ७५ लाख ७३ हजार २ सय ७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी तीन करोड ७४ लाख ३६ हजार २ सय १७, हिमालयन डिस्टिलरी दुई करोड ५४ लाख २५ हजार २ सय ४५, कृषि विकास बैंकको शेयर दुई करोड १५ लाख ३४ हजार ३ सय ३२ मूल्यमा खरीद बिक्री भए । 

ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९  दशमलब ९९ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८  दशमलब ५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३  दशमलब ४२, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३  दशमलब ०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३  दशमलब ०३ प्रतिशतले कमाए ।

त्यस्तै जोशी हाइड्रो पावर ९  दशमलब ७५, हिमालयन डिस्टिलरी ७  दशमलब ९०, राधी विद्युत् कम्पनी ६  दशमलब ८१, अरुण काबेली पावर ६  दशमलब ३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६  दशमलब २७ प्रतिशतले गुमाए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?