नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई ‘एक्वायर’ गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति ‘एक्वायर’ गर्ने भएको छ ।

बैंकले १०० : ३३ को स्वाप रेसियोमा जोबिल्सलाई एक्वायर गर्ने भएको हो । जस अनुसार जेविल्स फाइनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन् ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने योजना अनुसार इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको थियो ।

हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ तथा जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ । जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोडले बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?