शेयर बजारमा झिनो अङ्कले सुधार

काठमाडौं । शेयर बजारमा आज ‘सोमवार’ झिनो अङ्कले सुधार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलब ३४ विन्दुले बढेर एक हजार ३०२ दशमलब ९६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ०५ विन्दुले बढेर २७७ दशमलब ६१ मा पुगेको छ । 

नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १ सय ७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर ५१ करोड ९५ लाख ५६ हजार ७ सय ९३ मूल्यमा खरीद बिक्री भए । 

स्टकका अनुसार आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । त्यस्तै आठ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ ० दशमलब ९६, निर्जीवन बीमा १५ दशमलब ८९, जीवन बीमा २८ दशमलब ६२ विन्दुले घटेको छ । होटल ० दशमलब ९६, विकास बैंक १ दशमलब ८१, जलविद्युत् २ दशमलब ८८, वित्त १ दशमलब 

२७, उत्पादन ३७ दशमलब ६६, अन्य तीन लघुवित्त ० दशमलब ८१ र सामूहिक लगानी कोष ० दशमलब ४३ विन्दुले बढेको छ । 

कारोवारका आधारमा सोमवार शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ । सो कम्पनीको सात करोड ३१ लाख ७८ हजार २ सय ४३, प्रभु बैंकको छ करोड ४१ लाख १ सय ४३, नेपाल बैंक लिमिटेडको दुई करोड ६१ लाख १२ हजार २ सय ९० र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको एक करोड ९६ लाख ४५ हजार ८ सय ४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलब ८३ प्रतिशतले कमाए । कर्णाली डेभलपमेन्ट बैंक ८ दशमलब ३३, गुर्खाज फाइनान्स ७ दशमलब २१, सानिमा इक्विटी फण्ड ६, एनएमबी हाइब्रिड फण्ड ६, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले समेत ६ प्रतिशतले कमाएका छन् ।
 
त्यस्तै सिद्धार्थ पावर डेभलपमेन्ट कम्पनी ८, छ्याङदी हाइड्रोपावर ७ दशमलब ३३, आँखु खोला जलविद्युत् कम्पनी ४ दशमलब ९३, रिलायन्स फाइनान्स ३ दशमलब ८३ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलब ३० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?