देवः विकास बैंकले असार दोस्रो सातामा बुक क्लोज गर्ने मिति तय

काठमाडौं । देवः विकास बैंकले लाभांश पारित गर्न बुक क्लोजको मिति तोकेको छ । 

बैंकको सोमवार बसेको सञ्चालक समितीको बोर्ड बैठकले आगामी असार ६ गतेदेखि १२ गतेसम्म शेयर धनी दर्ता बुक क्लोज गर्ने मिति तय गरेको हो । शेयरधनीले आगामी ५ गतेसम्म कायमले लाभांश प्राप्त गर्नेछन् । 

बैंकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३ सय ४८ रुपैयाँको ५ दशमलब ५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 देवः विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात ९ दशमलब ५३ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?