स्टार हस्पिटलको नौलो प्रयास : मोटोपन घटाउनेदेखि मानसिक तनाव छुटाउनेसम्मका कार्यक्रम

काठमाडौं । स्टार हस्पिटलले जीवनशैली र योग क्लिनिक तथा मधुमेह, थाइरोइड र हर्मोन रोग सम्बन्धि विशेष सेवा सञ्चालनमा ल्याएको छ । आज(शुक्रवार) विश्व धुम्रपानरहित दिवसको अवसरमा स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले अस्पतालमा उक्त सेवाको उद्घाटन गरेका हुन् । 

यस सेवाले नसर्ने रोगबाट हुने मृत्युदर घटाइ मानिसको जीवनशैली परिवर्तन गर्न र स्वस्थ्य समाज निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. प्रकाश राज रेग्मीले बताए । 

कार्यक्रममा बाल्दै मन्त्री यादवले अस्पतालको योजनाप्रति शुभकामना दिनुका साथै नेपालीहरुले उपचारका लागि विदेश जानु पर्ने बाध्यता हटेकोमा आफू खुसी भएको बताए ।  

जीवनशैली र योगा क्लिनिक अन्तर्गत अस्पतालले मोटोपन घटाउने, चुरोट छुटाउने, मानसिक तनाव व्यवस्थापन तथा शारीरिक तन्दुरुस्ती प्रवद्र्धन जस्ता कार्यक्रम सञ्चालन गर्नेछ । 

स्टार हस्पिटल यस किसिमको सेवा सञ्चालन गर्ने पहिलो अस्पताल भएको र आगामी दिनमा जनतालाई स्वास्थ्यसम्बन्धि चेतना अभिवृद्धि गर्ने कार्यमा निरन्तर लागिरहने प्रो.डा. रेग्मीले जनकारी दिए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?