त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण

त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफलता हात परेको छ । डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण  गरेसँगै यो सफलता हात परेको हो । 

मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । 

यो सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने चिकित्सकले जनाएका छन् । यससँगै अब भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।

 

कलेजो प्रत्यारोपणको लागि डा.  सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?