नेयमारलाई लाग्यो यौन उत्पीडनको आरोप !

 ब्राजिलियन स्टार नेयरमामाथि यौन उत्पीडनको आरोप लागेको छ ।

 पेरिस सेन्ट जर्मेन ९पीएसजी०बाट व्यवसायीक फुटबल खेलिरहेका स्टार नेयमारले एक होटलमा महिलामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीय पुलिसमा अभियोगपत्र  दर्ता भएको छ । बीबीसीका अनुसार नेयमारमाथि यौन उत्पीडनको अभियोग लगाउने महिलाको नाम खुलाइएको छैन । तर, इस्टाग्रामा चिनजान भएको र पेरिसस्थित होटलमा भेट्न प्रस्ताव आएको थियो ।

यसका लागि नेयमारले ब्राजिलबाट फ्रान्स जाने हवाई टिकट उपलब्ध गराएका थिए भने होटल बुक गरेका थिए ।

यसबारे नेयमार र उनका प्रतिनिधिले भने केही बोलेका छैनन् ।

नेयमार हाल कोपा अमेरिकाका लागि राष्ट्रिय टिमको अभ्यासका लागि ब्राजिलमा छन् ।

नेयमारका बाबु नेयरमा डस सान्तोषले भने यो एक चाल भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?