ऊखुले उचित मूल्य नपाउँदा लगानी नै जोखिममा

काठमाडौं । सांसद अमरेशकुमार सिंहले किसानले ऊखुको उचित मूल्य नपाउँदा उनीहरुको लगानी नै जोखिममा परेको बताएका छन् । 

प्रतिनिधिसभाको आज ‘आइतवार’को बैठकको शून्य समयमा सांसद सिंहले किसानले ऊखुको उचित मूल्य नपाउँदा उनीहरुको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसैबीच सांसद आशाकुमारी विकले लोक सेवा आयोगले खुल्ला गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको हुँदा सच्याउन माग गरिन् । 

सांसद केदार सिग्देलले तनहुँको विकास आयोजना समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भने । अर्का सांसद खगराज अधिकारीले हालै धनुषा र नवलपरासी जिल्लाका बालकलाई बलि दिएको घटनाप्रति आपत्ति जनाउँदै यस्ता घटना रोक्नेतर्फ सरकार गम्भीर बन्न आग्रह गरिन ।

सांसद गङ्गा चौधरी र घनश्याम खतिवडाले संसद्ले बनाएको ऐन कानून कार्यान्वयन किन भएन  भनी प्रश्न गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?