‘रिमोट पार्किङ वे बुधवारबाट सञ्चालनमा आउने

काठमाडौं । त्रिभुवन विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङ वे तयारी अवस्थामा छ । 

उक्त नयाँ पार्किङ वे विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा बनाइएको हो ‘रिमोर्ट पार्किङ वे’ नामाकरण गरिएको यस पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिने त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए ।

महाप्रवन्धक क्षेत्रीका अनुसार यहि बुधवारदेखि दुवै नयाँ पार्किङ सञ्चालनमा ल्याउने पनि जानकारी दिए । यो सँगै विमानस्थलको अन्तर्राष्ट्रिय ‘पार्किङ वे’को संख्या ११ पुगेको छ । 

अहिले रहेका ९ वटामध्ये ३ वटामा वाइडबडी जहाज पार्क गर्न मिल्छ भने ६ वटा वेमा न्यारोबडी जहाज राख्न म्लिछ । एक मात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ ।

बिमानस्थल कार्यालयका अनुसार करिब ४७ करोड रुपैयाँ लागतमा ‘रिमोट पार्किङ वे’ निर्माण भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?