अञ्जानमा केही गलत बोलेको भए भुलप्रति क्षमाप्रार्थी छौँ : धुर्मुस

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेलले निर्माणाधिन क्रिकेट मैदानस्थलमा भएको घटनाका बारेमा भएको टिप्पणाीप्रति क्षमा मागेका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणस्थलको बार भत्किएपछि  आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन् ।

आज ‘आइतवार’ सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल पोष्ट गर्दै उनले भने, ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कर्सैमाथि ठोस पुगेको भएमा हामी क्षमाप्रार्थी छौँ।

रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति आक्रोश व्यक्त गरिएको थियो । त्यसको सार्वजनिक रुपमा विरोध पनि भएको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?