सानेपामा सवारी दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

काठमाडौं- आज दिउँसो सानेपामा भएको भयंकर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

तीनवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 
शुरुमा दुई वटा जिप ठोकिएको थिए, त्यसपछि अर्को जिप र मोटरसाइकल पनि ठोकिँदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको पूर्ण विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?