शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ  । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलब ७९ बिन्दुले घटेर एक हजार ३०५ दशमलब ६८ अङ्कमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलब ०३ बिन्दुले घटेर २७८ दशमलब १२ मा झरेको छ । 

स्टकका अनुसार कूल १ सय ६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर ७५ करोड ३२ लाख ५७ हजार २ सय ९ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज ‘आइतवार’ दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा होटल १२ दशमलब ६१ र उत्पादन १० दशमलब ११ बिन्दुले बढेको छ । 

त्यस्तै बैंकिङ १३ दशमलब ७७, विकास बैंक १ दशमलब २८, जलविद्युत् २२ दशमलब २८, वित्त २ दशमलब ४८, निर्जीवन बीमा ४२ दशमलब ८३, अन्य १२ दशमलब ४०, लघुवित्त १८ दशमलब ०८, जीवन बीमा ५९ दशमलब ३७ र सामूहिक लगानी कोष ० दशमलब ०१ बिन्दुले घटेको छ । 

स्टकका अनुसार आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको १३ करोड दुई लाख ५९ हजार ९ सय ५४ मूल्यमा खरीद बिक्री भए ।

त्यस्तै शिवम् सिमेन्टको नौ करोड ३७ लाख ६६ हजार १ सय २८, नेपाल बैंक लिमिटेड चार करोड ४४ लाख ३० हजार ७ सय १८, प्रभु बैंक  चार करोड २५ लाख ६९ हजार ६ सय ६५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी तीन करोड ४४ लाख ३७ हजार ३ सय ५४ र एनआइसी एसिया बैंक दुई करोड ३९ लाख ४७ लाख ७ सय ७१ मूल्यमा खरीद बिक्री भए शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार कन्काइ विकास बैंकका शेयरधनीले आज ‘आइतवार’ ९ दशमलब ८८ प्रतिशतले कमाए । तारागाउँ रिजेन्सी होटेल ९ दशमलब ८०, माउण्टेन हाइड्रोपावर ५ दशमलब ७७, युनिभर्सल पावर कम्पनी ५ दशमलब २६, गुडबिल फाइनान्स कम्पनीका शेयरधनीले ३ दशमलब २० प्रतिशतले कमाएका छन् । 

त्यस्तै पाँचथर पावर कम्पनी ९ दशमलब ८१, ग्रीन डेभलपमेन्ट बैंक ८ दशमलब ८७, स्वदेशी लघुवित्त वित्तीय संस्था ६ दशमलब ०४, हिमालयन ऊर्जा विकास कम्पनी ५ दशमलब ०, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी ४ दशमलब ५४, स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलब ५२ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?