यूएईएफए वरियतामा रियल शीर्ष स्थानमा यथावत

एजेन्सी । युरोपियन फुटबल एसोसियसनले निकालेको वरियतामा स्पेनिस क्लब रियल मड्रिड यूएईएफए क्लब वरियतामा शीर्ष स्थानमा रहन सफल भएको छ ।

युरोपियन फुटबल एसोसियसनले निकालेको वरियतामा रियल शीर्ष स्थानमा यथावत रहन सफल भएको छ ।

रियलले अर्को स्पेनिस क्लब बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थान हात पारेको हो । योसंगै रियलले लगातार पाँचौ बर्ष शीर्ष स्थानमा रहन सफल भएको छ ।

वरियताको तेस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख, चौंथोमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र पाँचौमा इटालियन युभेन्ट्स रहेका छन् । 
त्यस्तै म्यानचेस्टर सिटी छैटौं, सेभिया सातौं, पेरिस सेन्ट जर्मेन पीएसजी आठौं, आर्सनल नवौं र पोर्टो दशौँ स्थानमा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?