शेयर बजार  साढे तीन अङ्कले घट्यो

काठमाडौं।  शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी र-यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३ दशमलव ५६ बिन्दुले घटेर एक हजार २८९ दशमलव २८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ६२ बिन्दुले घटेर २७४ दशमलव ८६ बिन्दुमा कायम भएको छ । 

स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । होटल ३२ दशमलव ६७, विकास बैंक २ दशमलव ४९, वित्त ० दशमलव ४ र उत्पादन उपसमूह ४१ दशमलव ०२ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ २ दशमलव ८७, व्यापार २ दशमलव ५३, जलविद्युत् ७ दशमलव ७९, निर्जीवन बीमा ५५ दशमलव ०३, अन्य ५ दशमलव ०२, लघुवित्त १२ दशमलव ४०, जीवन बीमा २५ दशमलव ९५ र सामूहिक लगानी कोष ० दशमलव ०२ बिन्दुले घटेको छ । 

स्टकका अनुसार शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको १२ करोड १३ लाख ११ हजार ८८९, प्रभु बैंक  नौ करोड ३३ लाख ५४ हजार ४९०, नेपाल बैंक लिमिटेड  चार करोड ८७ लाख ६२ हजार ४६६, तारागाँउ रिजेन्सी होटल दुई करोड ३८ लाख ५९ हजार ६९४, कन्काई विकास बैंक  दुई करोड १६ लाख ७० हजार ७८३, कृषि विकास बैंक दुई करोड दुई लाख ३५ हजार २३८, माथिल्लो तामाकोशी  एक करोड ९४ लाख ६ हजार १५९ र एनसिसी बैंकको एक करोड ६९ लाख ३२ हजार ७१० मा कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ६ दशमलव ९८ प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६ दशमलव ८५, कन्काई विकास बैंक ५ दशमलव ३८, गुह्येश्वरी मर्चेन्ट बैंक ४ दशमलव ७२, कैलाश विकास बैंक ३ दशमलव ४३ प्रतिशतले कमाए । 

त्यस्तै जोशी हाइड्रो पावर ६ दशमलव ३८, मल्टीपर्पोज फाइनान्स कम्पनी ६ दशमलव ०८, मितेरी डेभलपमेन्ट बैंक ५ दशमलव ६०, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ३७, मञ्जुश्री फाइनान्स ४ दशमलव ७२ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ४ दशमलव २० प्रतिशतले गुमाए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?