प्र्यांक मिनिस्टर पक्राउ, हँसाउने नाममा यस्तो कूकर्म !

एजेन्सी । स्पेन । स्पेनमा ओरियो बिस्कुटमा क्रिमको सट्टा, टुथपेस्टु राखेर प्र्यांक गरेको अभियोगमा कङहुवा रेन नाम गरेको प्र्याङ्कस्टरलाई १५ महिना जेल र २२ हजार ३०० अमेरिकी डलर जरिवाना तिर्न अदालतले आदेश दिएको छ।

रेटसेट अनलाइनु भनेर परिचित रेनले दुई वर्षअघि एक घरबिहीन व्यक्तिलाई टुथपेस्ट राखिएको बिस्कुट दिएका थिए। अदालतले सो कार्य नैतिक इमान्दारिता विपरित रहेको भन्दै रेनको युटयुब च्यानल र अन्य सामाजिक सञ्जाल ५ वर्षका लागि बन्द गर्नसमेत आदेश दिएको हफिङटन पोस्टले जनाएको छ। 
 १० लाखभन्दा धेरै फलोअर्स रहेका रेनलाई एक फलोवरले २०१७ मा च्यालेन्ज गरेपछि उनले ओरियोमा क्रिमको सट्टा पेस्ट राखेको भिडियो पोस्ट गरेका थिए। त्यसपछि उनले एक वृद्ध व्यक्तिलाई त्यो बिस्कुट र २० युरो दिएका थिए। सो बिस्कुट खाएपछि सो व्यक्तिले बान्ता गरेको स्पेनिस समाचारपत्र एल पेरिसले जनाएको छ।

रेनले अदालतमा सो भिडियोलाई एक खराब ठट्टाको संज्ञा दिँदै आफ्नो फलोअर्सहरुलाई मनोरञ्जन प्रदान गर्न बनाएको बताएका थिए। तर न्यायाधीश रोसा अर्गानेसले रेनले सो भिडियोबाट दुई हजार युरोभन्दा बढी कमाएको ठहर गर्दै रेनले निरिह व्यक्तिसँग अभद्र व्यवहार गरेको बताएकी थिइन्।

चीनमा जन्मेका रेन सानैदेखि स्पेनको बार्सिलोनामा बस्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?