निगमलाई इन्धन ढुवानीमा वार्षिक लगभग दुई अर्ब कम हुने

अमलेखगञ्ज। पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत कार्य सुसम्पन्न भएको छ ।
आउँदो असारभित्र सञ्चालनमा आउने गरि उक्त परियोजना सम्पन्न गरिएको हो । परियोजनाले पाइपलाइको प्रयोग आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा वार्षिक लगभग दुई अर्ब कम हुनेछ । भारतीय आइल संगको सम्झौतामा यही जेठ २३ गते देखी आएल निगमका २५ जनालाई भारतको लखनउमा तालीमको लागी पठाइएको छ ।

ती व्यक्तहरुलाई त्यहाँ ८ दिन तालीम दिईने जनाइएको छ । ४२ किलोमिटर पाईप भारत तर्फ बिछ्याईनेछ भने नेपाल तर्फ ३६ किलोमिटर लामो पाईप बिछ्याइने र परियोजना सफल पार्न आएल निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेलले सक्रियता देखायपछि कायृ सुसम्पन्न गरिएको हो ।

तालीमपछि परियोजना हस्तान्त्रण भइ सञ्चालनमा आउने उपनिर्देशक पुष्कर कार्कीले जानकारी दिए । पाइपलाइन संचालन आएलगत्तै उपभोक्ता मुल्य र लालत न्यूनीकरण समायोजन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?