मेयर द्वारिकालाल चौधरीमाथि सांसदको प्रश्नै प्रश्न

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको क्रियाकलापमाथि संसदमा पनि प्रश्न उठेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद सुजाता परियार र सांसद हिरा गुरुङले मेयर चौधरीमाथि प्रश्न उठाएका छन् । संसदको शून्य मयमा बोल्दै सांसद परियारले भनिन्  ‘राज्यको चौथो अंग नै असुरक्षित छ भने अरुको के होला”

उनले करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतान्त्रिक विधिभित्र नपर्ने भन्दै यसले यो विधि नै समाप्त भएको इंगित गर्ने दाबी पनि गरिन । उनले भने  ‘राज्य छ भने तत्काल कारबाही गरेर तत्काल राज्यको प्रत्याभूति गराइयोस् ।’

त्यस्तै सांसद गुरुङले पनि मेयर चौधरीलाई तत्काल कानुनको दयाराम ल्याउन माग गरे । पत्रकारलाई कुटपिट गर्ने धम्की दिएको भन्दै उनले फौजदारी अपराध अन्तरगत तत्काल कानूनको दयाराम ल्याउन माग गरे ।

पत्रकारको नाकको हड्डी भाँच्न एक करोड रुपैयाँ छुट्टाएको बताउँदै उनले प्रश्न गरे ‘दुई तिहाइको दम्भमा यसरी जनतालाई धम्की दिने, कुटपिट गर्ने अनि मार्ने यो कानुनमा छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?