खानेपानी मन्त्रीले सुनाइन् यस्ता योजना

 खानेपानी मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकार योजना बनाएर अघि बढीरहेको बताएकी छिन् । 

 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही  दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सहआयोजनामा तुलसीपुरमा भएको खानेपानी संचालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पु¥याउने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको बताएकी हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो ।

यस कुरामा सरकार गम्भीर छ ।

दाङ लगायत देशै भरीका विभिन्न सुख्खा क्षेत्रहरुमा  खानेपानीका केही ठूला आयोजनाहरुको बारेमा अध्ययन गरिरहेको मन्त्री मगरले जानकारी दिनुभयो । 

उहाँले दाङ जिल्लालाई महत्त्वपूर्ण प्राथमिकता दिएर पातुखोला जस्तो ठूलो आयोजनालाई मन्त्रालयले अघि बढाउन लागेको स्पष्ट पारे । सरकारका आयोजनाहरुलाई कार्यान्वयन गर्न उपभोक्ता समितिहरुले खेलेको भूमिकाको मन्त्री मगरले प्रशंसा गरीन् । 

कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य अमरबहादुर डाङगीले दाङ जिल्लामा भुमिगत र सतहका पानीका स्रोतहरु सुक्दै जान थालेको भन्दै चिन्ता व्यक्त गरीन् । 

राष्ट्रिय सभाका सदस्य कोमल ओलीले जलवायु परिवर्तन र वातावरणको प्रभावले नेपालका पानीका मुहानहरु सुक्दै गइरहेको भन्दै विकसित मुलुकहरूका कारण नेपाल जस्तो अति कम विकसित मुलुकलाई असर पर्दै गइरहेको  जिकिर गरीन् । 

नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले दाङ जिल्लामा पानी र सिचाइको अभाव हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  चौधरीले दाङमा बढ्दो सहरीकरण र औद्योगिकीकरणका कारण पानीका स्रोतहरु सुक्दै गएको औंल्याइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?